गुहेश्वरीले बाँड्यो न्यानो कपडा
हेटौंडा÷गुहेश्वरी मर्चेन्ट बैंकिड्ड एण्ड फाइनान्स लि. हेटौंडा शाखाले विद्यार्थीलाई न्यानो कपडा सहयोग गरेको छ ।शनिबार गुहेश्वरीले मकवानपुरगढी गाउँपालिका–८ बुढीचौरको बालजागृति आधारभूत विद्यालयमा अध्ययनरत् १ सय २५ जना विद्यार्थीलाई स्वीटर वितरण गरेको हो । विद्यालयमा अध्ययनरत् विपन्न, गरिब समुदायका विद्यार्थीलाई जाडोबाट बच्न गुहेश्वरीले न्यानो कपडाका रुपमा स्वीटर वितरण गरेको हेटौंडा शाखा प्रबन्धक बिजय पुडासैनीले बताए ।
‘बैकिड्ड कारोबारसँगै हामीले सामाजिक कार्यमा समेत संलग्न हुनुपर्ने उद्देश्यसहित न्यानो कपडा वितरण गरेका हौं ।’ उनले भने, ‘हामी योे कार्यलाई निरन्तरता दिँदै आगामी दिनमा विकट क्षेत्रमा सहयोग पु¥याउने छौं ।’ वितरण कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका नेता तथा हेटौंडा उपमहानगर समितिका निवर्तमान सभापति आनन्दराम पराजुलीले बैकिड्ड क्षेत्रले सामाजिक क्षेत्रमा सहयोग गर्नु सराहनीय कार्य भएको बताए ।
उनले यस्तो कार्यलाई अरु वित्तीय क्षेत्रले अनुसरण गर्दै सामाजिक कार्यमा क्रियाशिल रहनुपर्ने दाबी गरे । ‘वित्तीय क्षेत्र पनि सामुदायमै संचालन हुने भएकोले सामाजिक कार्यमा भिज्न जरुरी छ, जसका कारण आमसर्वसाधारणमा यस क्षेत्रबारे थप रुची बढ्ने छ ।’ कार्यक्रममा नेपाली कांग्रेस हेटौंडा उपमहानगर समितिका सभापति उत्सव इटेनीले ग्रामीण क्षेत्रका विपन्न वर्गलाई अन्य सामाजिक संस्थाबाट पनि सहयोग जुटाउन आफु तत्पर रहने बताए । उनले कांग्रेसले ग्रामीण क्षेत्रको विकाससँगै यहाँका सर्वसाधारणको जीवनस्तरमा पनि प्रभाव पर्ने नयाँ योजना अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ओमरत्न मोक्तान, मकवानपुरगढी–८ वडा अध्यक्ष कुमारसिं घिसिङलगायतको आतिथ्यता रहेको थियो ।







