बसामाडी जेसीज अध्यक्षमा अग्रवाल पदस्थापित

साझाकुरा
२०७८ माघ २३, आईतवार ०९:५९

हेटौंडा-बसामाडी जेसीजको बर्ष सन् २०२२ को अध्यक्षमा चिराग अग्रवाल पदस्थापित भएका छन् । शुक्रबार हेटौंडामा भएको २३ औं पदस्थापन तथा पुरस्कार वितरण समारोहबाट २०२१ का अध्यक्ष गौतम केसीले २०२२ को अध्यक्षमा निर्वाचित अग्रवाललाई जेसीजको माला हस्तान्तरण गर्दै पदस्थापित गरेका हुन् । राष्ट्रिय सभाका प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति सांसद रामनारायण बिडारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बसामाडी जेसीजका अध्यक्ष गौतम केसीले आफ्नो कार्यकालमा सहयोग गर्ने पदाधिकारी एवम् संघ संस्थालाई मायाको चिनो प्रदान गरेका थिए ।

कार्यक्रममा प्रदेश दैनिकका प्रकाशक गणेशदर्पण अधिकारीलाई सम्मान गरिएको थियो । पूर्वअध्यक्ष ईश्वरप्रसाद मैनालीले स्थापना गरेको अक्षयकोषबाट सामुदायिक विद्यालयबाट एसइईमा उत्कृष्ट हुन सफल प्रगति माविका प्रजिना पराजुलीलाई नगद ११ हजार १ सय ११ सहित कदरपत्र प्रदान गरिएको थियो । पूर्वअध्यक्ष मैनालीले विद्यार्थीलाई दश जोड दुइ पढाईको लागि आवश्यक सहयोग गर्न तयार रहेको बताए । बसामाडी जेसीजका निर्वाचन आयुक्त विवेक बजगाईंले २०२२ को निर्वाचित पदाधिकारीको बिषयमा जानकारी गराएका थिए ।

जेसीजको कार्यकारिणी उपाध्यक्षमा सुरज डंगोल र सरोज कुमार पौडेल तथा उपाध्यक्षमा बिजय कार्की, अनिल भन्डारी, असिमराज ढुंगाना र मनिष घिमिरे सर्वसम्मत निर्वाचित भएका थिए । अध्यक्ष अग्रवालले शाखा सम्पादक सुदीप नेपाल, जनसम्पर्क अधिकारीमा उद्धवराज कठायत, सहसचिव सरोज देवकोटा, सहकोषाध्यक्ष दिपेन्द्र यादव, कोषाध्यक्ष करण महत्रा, महासचिव जनक शर्मा भन्डारी र कानूनी सल्लाहकारमा विवेक बजगाईंलाई मनोनित गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*