महिलालाई स्वरोजगार बनाउँदै रोटरी

साझाकुरा
२०७८ माघ २३, आईतवार १०:१८

हेटौंडा-सामाजिक संस्था रोटरी क्लब अफ हेटौंडाले मकवानपुरको पश्चिमी क्षेत्रमा पर्ने मनहरी गाउँपालिका–३ हाँडीखोलामा तालिम संचालन गरेको छ ।रोटरीले ग्रामीण क्षेत्रका महिलालाई स्वरोजगार बनाउने उद्देश्यले सेनेटरी प्याड आफैं तयार गर्न सक्नेगरी सिलाईकटाइ तालिम संचालन गरेको हो । यसअघि पनि रोटरीले स्वरोजगारमूलक विविध तालिम आयोजना गर्दै आएको छ ।
रोटरीले हाँडीखोलामा सेनेटरी प्याड तथा सिलाईकटाइ तालिम संचालन गरेको हो । महिलाका लागि अत्यावश्यक सेनेटरी प्याड आफैं तयार पारेर प्रयोग गर्न सकिने तथा सिलाईकटाइ बारे जानकारी होस् भन्ने उद्देश्य सहित स्वरोजगार बनाउन तालिम आयोजना गरिएको जनाइएको छ ।

रोटरी क्लब अफ हेटौंडाका अध्यक्ष रामप्रसाद शर्माको अध्यक्षता र रोटरी क्लब अफका पूर्वएसिस्टेन्ट गभर्नर धिरज कार्कीको प्रमुख आतिथ्यमा शुक्रबार तालिमको उद्घाटन गरिएको थियो । दैनिक घण्टा हुने तालिममा २७ जना महिलाको सहभागिता रहेको छ । यसअघि रोटरीले निव्र्याजी लघुवित्त कार्यक्रम सञ्चालन गरेको थियो । हाँडीखोलामा महिलाहरुलाई आयआर्जनका लागि सेनेटरी प्याड बनाउने तथा सिलाईकटाइ तालिमको आयोजना गरिएको क्लबका अध्यक्ष रामप्रसाद शर्माले जानकारी दिए । लघुवित्त कार्यक्रममा सहभागीहरुले हाँडीखोलामा गठन गरेको रोटरी सामुदायिक संघको संयोजनमा सिलाई कटाई तालिम भएको हो ।
तालिमको प्रशिक्षक मीरा लुईंटेल रहेकी छन् । सेनेटरी प्याड बनाउने तथा सिलाईकटाइ तालिम यसअघि हेटौंडा–४ र हेटौंडा–१५ गौरिटारमा गत सातादेखि सुरु भइसकेको छ, भने आगामी साता हेटौंडा–१४, उत्तरपानीमा आयोजना हुनेछ । तालिम कार्यक्रम संयोजक रोटरी क्लबका निर्वाचित अध्यक्ष सुयश पराजुली रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*