मरेका कुखुरा नष्ट

साझाकुरा
२०७८ माघ २३, आईतवार १०:२२

हेटौंडा-जिल्ला प्रहरी कार्यालय मकवानपुरले बिक्रीका लागि ल्याउँदै गरेको मरेको कुखुरा नियन्त्रणमा लिई नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय भीमफेदी मकवानपुरको चेकपोष्ट अगाडि सवारीसाधन चेक गर्ने क्रममा प्रहरीले काठमाडौंबाट हेटांैडातर्फ आउँदै गरेको प्रदेश २–०३–००१ च ४१८० नम्बरको पिकअपमा मरेको कुखुरा फेला पारेको थियो ।  मरेको कुखुराको मासु खाँदा मानव स्वास्थ्यका लागि हानिकारक हुन्छ । चालक विवश सापकोटाले मरेको करिब २ सय ५० कुखुरा लोड गरी हेटौंडातर्फ ल्याउँदै थिए । प्रहरीले कुखुरासहित गाडि नियन्त्रणमा लिएपनि सापकोटालाई भने उनमुक्ती दिएको छ । प्रहरीका अनुसार सापकोटाले गाडी दुर्घटनामा परेकाले कुखुरा  मरेको प्रहरीले बताएका थिए । ‘ज्युँदो कुखुरा लोड गरेको रहेछ । चालकले काठमाडौंमै दुर्घटनामा  परेर कुखुरा मरेको बताएका छन् ।,’ प्रहरी स्रोतले भन्यो ।  हेटांैडा–८, कर्रास्थित अजय खड्काको खाली जग्गामा समुदायमा असर नपर्ने गरी कुखुरा व्यवसायी संघको भलाई कोष अध्यक्ष राजेन्द्र मैनाली, कुखुरा व्यवसायी संघ सदस्य राजकुमार श्रेष्ठ र कोषाध्यक्ष ऋषिराम दुलालसहितको रोहबरमा खाल्डो खनेर कुखुरा नष्ट गरिएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*