भारतीय लोकप्रिय गायिका लता मंगेशकरको निधन
भारतीय लोकप्रिय गायिका लता मंगेशकरको निधन भएको छ । एक सातअघि निमोनियाले च्यापेपछि अस्पताल भर्ना भएकी उनको आइतबार निधन भएको हो। ९२ वर्षीया लताले भारतीयमात्रै होइन । उनले आफ्नो जीवनकालमा ३६ भाषामा ३० हजारभन्दा बढी गीत गाएकी छन् । एक समय हरेकजसो भारतीय गीतमा सुनिने एउटा प्रिय आवाज अब सदाका लागि धर्तीबाट विदा भएको छ। तर उनले स्वर भरेका धेरै गीतहरू ‘कालजयी’ छन् ।







