पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको स्थापना दिवशमा शैक्षिक तथा खेलकुद सामाग्री वितरण

साझाकुरा
२०७८ माघ २३, आईतवार १६:३५

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ जिल्ला शाखा मकवानपुरले शैक्षिक तथा खेलकुद सामाग्रीहरु वितरण गरेको छ ।आइतबार महसंघको स्थापना दिवश, श्रीपंचमी तथा राष्ट्रिय पुस्तक दिवशको अवसरमा शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको हो ।

जिल्ला शाखा मकवानपुरका अध्यक्ष श्री विज्ञान रिमालको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि केन्द्रिय सहकोषाध्यक्ष श्री किरणवावु न्यौपानको प्रमुख आतिथ्यता रहेको थियो ।

शाखाले मनहरी ४ चिसापानीमा रहेको चेपाङ प्राथमिक विद्यालयलामा रहेको १५४ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री कपी, पेन्सिल, इलेजर, साप्नर, कलर पेन्सिल, वाक्स कलर, साइनपेन, डटपेन, जेलपेन, टिफिन वक्स, औजार वक्स आदी र खेलकुद सामग्री फुटवल, भलिवल, क्रिकेट वल, क्रिकेट सेट, लुडो, चेस, क्यारिमवोर्ड  आदी वितरण गरेको थियो ।

कार्यक्रममा विशिष्ट अतिथि केन्द्रिय सदस्य श्री वासु न्यौपाने, चेपाङ्ग प्राथमिक विद्यालयका प्र.अ. राजेन्द्र न्यौपाने, अतिथि पूर्व अध्यक्ष प्रेमलाल श्रेष्ठ, उपाध्यक्ष पुष्कल न्यौपाने, सहसचिव अर्चना कार्की, सदस्य जमुना कुमारी रुपाखेती, प्रल्हाद हुमागाई, विद्यालयका शिक्षक, शिक्षिकाको उपस्थिती रहेको थियोे।

यसमा तपाइको मत

Your email address will not be published.


*