‘मामाघर’लाई पुस्तक सहयोग
हेटौंडा-पूर्वसडक बालबालिकाहरुको संरक्षण गर्दै आइरहेको ‘मामाघर नेपाल’ पुस्तकालय स्थापना गर्ने अभियानमा सहयोग जुट्ने क्रम जारी छ ।हेटौंडा–११, डाङ्डुङ्गेमा रहेको मामाघरमा पुस्तकालय संचालन गर्न बसन्त पञ्चमीको अवसर पारेर दिक्षान्त प्रकाशन किर्तिपुरले पुस्तक उपलब्ध गराएको हो । दिक्षान्त प्रकाशनका महेश शर्मा र नम्रता अर्याल शर्माले एकलाख ९ हजार ६ सय २९ रुपैयाँ बराबरको ३ सय १० थान पुस्तक सहयोग उपलब्ध गराएका हुन् । उनीहरुले मामाघर नेपालका संरक्षक अर्पण पराजुलीलाई पुस्तक हष्तान्तरण गरेका थिए ।
मामाघर नेपालमा संरक्षित बालबालिका र समुदायका व्यक्तिहरुले प्रयोग गर्न सकिने गरी पुरस्तकालय सञ्चालन गर्ने तयारी भइरहेको संरक्षक पुराजुलीले बताए । पुस्तकहरु संकलनको क्रममा रहेको र पुस्तकालयको लागि आवश्यक सहयोग गर्न सबैलाई मामाघर नेपालले अनुरोध पनि गरेको छ । संरक्षक पराजुलीले पुरस्तकालय सञ्चालन भएपछि आश्रित बालबालिकाको पठन संस्कृतिको विकास हुने बताए ।







