दुर्घटनामा घिमिरेको मृत्यु

साझाकुरा
२०७८ माघ २५, मंगलवार ०९:५२

हेटौंडा-पूर्वपश्चिम राजमार्गमा पर्ने हेटौंडा उपमहानगर–पालिका वडा नम्वर–९ पशुपतिनगरमा सोमबार सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा–१ चाइनाक्वाटरका ४० बर्षीय अर्जुनप्रसाद घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक देवेन्द्र दासले जानकारी दिए । उनका अनुसार सोमबार दिउँसो वीरगंजबाट हेटौंडातर्फ आउँदै गरेको ग १ ख ६१७० नम्वरको बसले विपरित दिशातर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००२ प ९३६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी उनी गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि हेटौंँडा अस्पतालमा ल्याइएको थियो । घिमिरेको उपचारको क्रममा मृत्यु भएको हेटौंडा अस्पतालले जनाएको छ । ठक्कर दिने बसको चालक फरार रहेका छन् । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ । यातायात क्षेत्रसँग आबद्ध घिमिरे अग्नी बस सेवा प्रालिमा कार्यरत रहेको बुझिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*