विभियाना फाउन्डेसनद्धरा न्यानो कपडा वितरण

साझाकुरा
२०७८ माघ २५, मंगलवार १८:४९

हेटौंडास्थित विभियाना फाउन्डेसन तथा उक्त फाउन्डेसन संरक्षक नेपाली कांग्रेस वाग्मतीको प्रदेश प्रतिनिधि विकेशलाल श्रेष्ठको आर्थिक सहयोगमा न्यानो कपडा वितरण गरिएको छ । उत्तरी क्षेत्र थाहा नगरपालिका वडा नम्बर १२ स्थित जगडाँडाको सातकन्या प्राविका कक्षा शिशुदेखि ५ सम्म अध्ययनरत ७० विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो । कार्यक्रममा समाजसेवी तथा नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य सुनमाया भोम्जन, कर्णबहादुर स्यांतान, मीनाकुमारी स्यांतान, शिक्षक वोधराज अर्याल, पद्मा थापा, यममाया राना, विद्यालय व्यवस्थापन समितिका लीला बहादुर आले, कुमारी घलानलगायत का पदाधिकारी, अविभावकबीच न्यानो कपडा बितरण गरिएको हो ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*