मन्त्रीले काम गर्न हतोत्साहित बनाएको चौलागाईंको आरोप

साझाकुरा
२०७८ माघ २७, बिहीबार १२:०८

हेटौंडा-बागमती प्रदेश युवा परिषद्का उपाध्यक्ष सन्तोष चौलागाईंले वाग्मती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न ढकालले आफू र कर्मचारीलाई मानसिकरुपमा काम गर्न हतोत्साहित बनाएको आरोप लगाएका छन् ।अनावश्यक स्पष्टिकरण सोध्ने र राजनीतिक दलका आधारमा प्रतिशोध साध्ने काम मन्त्री ढकालबाट भएकोले कर्मचारी र आफुलाई काम गर्न हतोत्साहित बनाएको चौलागाईंले बताए । ‘मलाई राजनीतिक प्रतिशोधका आधारमा मन्त्रीस्तरीय निर्णयभन्दै स्पष्टिकरण सोधिएको छ । म चार वर्षका लागि उपाध्यक्षमा नियुक्त भएको हुँ ।’, उनले स्पष्टिकरणमा सोधिएको राजनीतिक र कानुनी प्रश्नहरुको सोही अनुसार जवाफ दिनेसमेत बताए ।

प्रदेश सरकारले डोरमणि पौडेल नेतृत्वको सरकारले गरेको राजीतिक नियुक्ती खारेज गर्ने प्रक्रिया अगाडि बढाएसँगै मन्त्री ढकाल र परिषद् उपाध्यक्ष चौलागाईंवीचको मनमुटाव चर्किने निश्चित देखिन्छ । हाल राजेन्द्र पाण्डे नेतृत्वको सरकारमा रहेका ढकाल माओवादीका तर्फबाट मन्त्री नियुक्त भएका हुन् । उनी नियुक्त भएसँगै एमालेको तर्फबाट उपाध्यक्ष भएका चौलागाईंलाई काम गर्न अप्ठेरो पार्दै आएका छन् ।यसैगरी उपाध्यक्ष चौलागार्इंले पत्रकार सम्मेलनमार्फत परिषद््ले गरेका कामहरु सार्वजनिक गरेका थिए ।

उनले परिषद्ले हालसम्म ४४ जना महिलाहरुलाई सहभागि गराइ आत्मारक्षा तालिम, चेलिबेटी बेचबिखन, महिला हिंसा, जातीय तथा लैगिंक विभेद्सम्बन्धि ३ सय ३० जनालाई तालिम दिइएको जानकारी दिए । यसबाहेक परिषद्लाई क्रियाशिल बनाउन आवश्यक योजना र निति निर्माणको काम पनि अन्तिम चरणमा पुगेको उनको भनाइ । युवाहरुको नेतृत्व बिकासका लागि सबै पालिकाहरु सगँ समन्वय गरी १० हजार जना युवाहरुलाई क्षमता बिकास तालिम दिने र १ सय १९ स्थानीय तहमा प्रदेश स्वम्सेवक भर्ना गरी सामाजिक काममा लगाउने योजना रहेको चौलागार्इंले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*