यस वर्षको एसईईको रुटिन सार्वजनिक
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को तालिका (रुटिन) बिहीबार सार्वजनिक गरेको छ।रुटिनअनुसार ९ वैशाखमा अनिवार्य अंग्रेजी, अनिवार्य संस्कृत र साहित्यको परीक्षा हुनेछ।यस्तै, परीक्षाको अन्तिम दिन फ्लोरिकल्चर एन्ड नर्सरी म्यानेजमेन्ट, भेटेनरी ल्याबोरेटरी टेक्निकलगायत प्राविधिक विषयतर्फको परीक्षा सञ्चालन हुनेछ।११ वैशाखमा ११ गते अनिवार्य गणित, १२ वैशाखमा अनिवार्य नेपालीको परीक्षा हुनेछ। सबै परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने छन्।







