डीडीसीले प्रतिलिटर ९ रुपैयाँले बढायो दूधको मूल्य
दूग्ध विकास संस्थान (डीडीसी) ले प्रशोधित स्टान्डर्ड दूधको उपभोक्ता मूल्य प्रतिलिटर ९ रुपैयाँले बढाउने निर्णय गरेको छ । मूल्यवृद्धिसँगै अब प्रतिलिटर दूधको मूल्य ८५ रुपैयाँ पुग्ने भएको छ। संस्थानको बुधबार बसेको बोर्ड बैठकले नयाँ उपभोक्ता मूल्य निर्धारणको निर्णय गरेको हो। नयाँ कायम गरिएको मूल्य शुक्रबारदेखि लागू हुने डीडीसीले जनाएको छ । यसअघि मन्त्रिपरिषद् बैठकले किसानले पाउने गरी कच्चा दूधको मूल्य ६ रुपैयाँ ५२ पैसाले बढाउने निर्णय गरेको थियो।







