हराएको २४ घण्टामा स्कुटर धनीलाई फिर्ता
हेटौंडा-मकवानपुर प्रहरीले २४ घण्टाभित्र हेटौंडा बजारमा हराएको स्कुटर फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ ।माघ २५ मंगलबार अपरान्ह ५ बजेको आसपासमा हेटौंडा–२ कुमारी बैंक नजिक रहेको त्रिमुर्ति होटलअगाडि पार्किङ गरेर राखिएको हेटौंडा–५ बस्ने चेत कुमारी सापकोटाको नाममा रहेको ना ३४ प २३८४ नम्बर रातो रङको होन्डा कम्पनीको स्कुटर हराएको २४ घण्टाभित्र फेला पारी सम्बन्धित धनीलाई प्रहरीले जिम्मा लगाएको हो । फेला परेको उक्त स्कुटर मकवानपुर प्रहरी प्रमुख एसपी सुरेन्द्रबहादुर गुरुङले बुधबार सापकोटालाई कार्यालयमै बोलाएर बुझाएका हुन् ।







