६ सय १० विपन्न परिवारलाई बागमती कांग्रेसद्वारा न्यानो कपडा सहयोग

साझाकुरा
२०७८ माघ २८, शुक्रबार ११:२४

हेटौंडा-मकवानपुरको विकट राक्सिराङ र मनहरी गाउँपालिकाका अति विपन्न चेपाङ तथा तामाङ समुदायका ६ सय १० परिवारलाई बिहिबार नेपाली कांग्रेस बागमती प्रदेशले जाडोबाट बच्नका लागि न्यानो कपडा वितरण गरेको छ ।नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले मकवानपुरको राक्सीराङ गाउँपालिका १, ३ र ५ को टंगरंङ, साझाबंगीम, निगुरेटार, चुरेडाँडा, इन्द्रुङ, राम्चे, मैनटार डोटेलगायतका टोलका ३ सय चेपाङ तथा तामाङ घरपरिवारलाई न्यानो कपडा कम्वल वितरण गरेको हो ।त्यसैगरी मनहरी ४ का नयाँवस्तीका बनकरिया, प्रजा, तामाङ, दलित समुदायका २
सय घरपरिवार र मनहरी ३ लामिटारका १ सय १० घरपरिवारलाई न्यानो कपडा कम्वल वितरण गरिएको हो ।

कांग्रेस बागमती प्रदेश सभापति एवं कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा भएको न्यानो कपडा वितरण कार्यक्रममा प्रतिनिधिसभा २ ख का प्रदेश सभापति रञ्जन कालाखेती राक्सिराङ गाउँपालिका अध्यक्ष एवं कांग्रेस मकवानपुरका जिल्ला सदस्य राजकुमार मल्ल, कांग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौला, राक्सिराङ गाउँपालिका सभापति बीरेन्द्र जिम्बा, मनहरी ३ का वडा सभापति रमेश पुरी, मनहरी ४ का वडा सभापति आईतसिं तितुङलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश उपसभापतिद्वय मोहनबहादुर बस्नेत, चन्द्र महर्जन, महामन्त्री कन्चनचन्द्र वादे, सहमहामन्त्रीहरु ऋषिराम घिमिरे, हरिशरण श्रेष्ठ, जीवन डंगोल, सदस्यहरु देवकी गौतम, कल्पना खड्का, जानुकी लामा, समाजसेवी होमनाथ चौलागाई, राक्सीराङ गाउँपालिका उपाध्यक्ष निर्मला हिमडुङलगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*