कांग्रेसको १६ जिल्ला कार्यसमितिको निर्वाचन फागुन १३ मा

साझाकुरा
२०७८ माघ २८, शुक्रबार १९:४९

नेपाली कांग्रेसको १६ जिल्ला कार्यसमितिको निर्वाचन आगामी फागुन १३ गते हुने भएको छ। शुक्रबार बसेको केन्द्रीय निर्वाचन समितिले कोरोनाका कारण स्थगित ती जिल्लाको निर्वाचन फागुन १३ मा गर्ने निर्णय गरेको हो। १६ जिल्लामा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछाम छन्।

ती जिल्लाअन्तर्गत प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट निर्वाचित हुने महासमिति सदस्यको निर्वाचन हुन बाँकी भएमा, सोही दिन सम्बन्धित क्षेत्रको महाधिवेशन प्रतिनिधिमध्येबाट महासमिति सदस्यको निर्वाचन गर्ने निर्णय पनि बैठकले गरेको छ।यस्तै, जिल्ला कार्यसमितिको निर्वाचन सम्पन्न भइसकेका तर कुनै वडा, पालिका, प्रदेश सभा क्षेत्र र महासमिति सदस्यको निर्वाचन हुन बाँकी रहेका पद र तहको निर्वाचन तोकिएको मापदण्डभित्र रही फागुन १० भित्र सम्पन्न गर्न सम्बन्धित जिल्ला कार्यसमितिलाई अधिकार प्रत्यायोजन गर्ने पनि निर्णय भएको छ।

महोत्तरी ३ प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति र सो क्षेत्रबाट निर्वाचित हुने महाधिवेशन प्रतिनिधिको निर्वाचन हुन बाँकी रहेकोमा उक्त निर्वाचन फागुन १० भित्र गर्ने निर्णय निर्वाचन समितिले गरेको छ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*