हेटौंडा १ मा ‘मासु मिसन’ कार्यक्रम
हेटौंडा-व्यवसायिक मासु उत्पादनमा बृद्धि गर्ने उद्देश्यले हेटौंडा उपमहानगरपालिका १ नम्बर वडामा मासु मिसन कार्यक्रम सुरु गरिएको छ ।शुक्रबार मासु मिसन कार्यक्रमअन्तर्गत हेटौंडा उपमहानगरपालिकाले जनसहभागितासमेतको लगानीमा पाडा वितरण गरेको हो । हेटौंडा १ नम्बर वडा कार्यालयले उपमहानगरपालिकाबाट आर्थिक वर्ष २०७८÷०७९ मा बिनियोजित १ लाख ५० हजार र जनसहभागिता बापतको लागत ३० हजार खर्चिएर कृषि सहकारी संस्था लिमिटेड हेटौंडा–१ मैनटारका उत्कृष्ट १० जनालाई पाडा वितरण गरेको थियो ।
मासु मिसन कार्यक्रमको संयोजन गरेका हेटौंडा १ का वडा अध्यक्ष सबिन न्यौपानेले व्यवसायिक मासु उत्पादनमा जोड दिँदै हेटौंडा १ मा मासु उत्पादनबाट किसानलाई थप आम्दानीको उत्प्रेरित गर्ने उद्देश्यले कार्यक्रम अघि बढाइएको बताए । ‘वडाभित्रका पशुपालन किसानलाई थप आत्मनिर्भर बनाउन यस्ता थप नौलो कार्यक्रम ल्याइनेछ ।’ उनले भने, ‘मासु उत्पादनबाटै व्यवसायितालाई थप मजबुत बनाउन आग्रहसमेत गर्दछु ।’वितरण कार्यक्रममा वडा सदस्य इश्वरी रसाइली, पशुशेवा प्राविधिक कृष्णप्रसाद भट्टराई, पशुसेवा शाखा प्रमुख कमल अधिकारी, सहकारीकाका अध्यक्ष रामकृष्ण अधिकारी र व्यबस्थापक डिलबहादुर सुनारलगायतको उपस्थिति रहेको थियो ।







