इन्फिल्डर्सको रक्तदानमा ६० जनाले दिए रगत
हेटौंडा-पछिल्लो केहि सातादेखि मकवानपुरमा रगतको अभाव भएपछि रक्तादन कार्यक्रम बढेका छन् । यसैबीच शनिबार हेटौंडा इन्फिल्डर्स मकवानपुरले रक्तदान कार्यक्रम आयोजना गरेको छ । हेटौंडाको बुद्धचोकमा शनिबार भएको रक्तदान कार्यक्रममा ६० जनाले रक्तदान गरेका हुन् । हेटौंडा इन्फिल्डर्सका अध्यक्ष दीपेन्द्रचन्द ठकुरीका अनुसार नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी तथा विभिन्न संघसंस्थामा आबद्ध व्यक्तिहरु रक्तदानमा सहभागी भएका थिए ।‘हामीले वार्षिकरुपमा स्वास्थ्य क्षेत्रमा विभिन्न काम गर्दै आइरहेका छौं । हाम्रो संस्थाले योसँगै छैठौं पटक रक्तदान कार्यक्रम आयोजना गरेको हो ।’, इन्फिल्डर्स अध्यक्ष ठकुरीले भने । ‘देशमा कोभिड संक्रमण फैलिएसँगै यस संस्थाले स्वास्थ्य क्षेत्रमा काम गरिरहेको छ ।’







