खेलकुद महासंघ मकवानपुरको वार्षिक क्यालेण्डर सार्वजनिक

साझाकुरा
२०७८ फाल्गुन १, आईतवार ०९:५३

हेटौंडा-नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट नेपाल खेलकुद महासंघ मकवानपुरले वार्षिक कार्यक्रमको क्यालेण्डर सार्वजनिक गरेको छ ।नेपाल खेलकुद महासंघ मकवानपुरका अध्यक्ष सविन मोक्तानले वार्षिक क्यालेण्डर सार्वजनिक गरेका हुन् । क्यालेण्डर अनुसार फागुन २४ गते नारी दिवसको अवसमार ‘महिलाहरुको समानताको लागि दौड’ नामक ५ किलोमिटर दौडको आयोजना हुने भएको छ ।
चैत्र १० देखि १२ गतेसम्म राष्ट्रिय बुद्धिचाल प्रतियोगिता, चैत्र १७ देखि १९ गतेसम्म सेभेन ए साईड फुटबल प्रतियोगिता, चैत्र २४ देखि २६ गतेसम्म अन्तरपालिका स्तरीय भलिवल प्रतियोगिता, चैत्र २९ गते प्लेयर अफ दी एयर घोषणा र पत्रकारलाई पुरस्कार दिने कार्यक्रम रहेको छ ।

क्यालेण्डर अनुसार २०७९ वैशाख ९ र १० गते जिल्ला स्तरीय तेकवान्दो प्रतियोगिता, वैशाखमै राष्ट्रिय सिनक्युकेसिन प्रतियोगिता, जेठ १४ गते ५ किलोमिटर खुल्ला दौड, असार ४ गते साईक्लिङ प्रतियोगिता, श्रावण १२ देखि १४ गते जिल्ला स्तरीय बुद्धिचाल प्रतियोगिता, भदौमा प्रदेश स्तरीय जुडो प्रतियोगिता, मंसिर १४ गते स्थापना दिवसको कार्यक्रम, पुस महिनामा खुल्ला भलिवल प्रतियोगिता, माघ ८ गते स्वर्गीय विरेन्द्र राई स्मृति मावि स्तारीय हिज्जे प्रतियोगिता कार्यक्र हुने भएको अध्यक्ष मोक्तानले जानकारी दिए ।

नेपाल खेलकुद महासंघका निवर्तमान उपमहासचिव तथा केन्द्रीय आयोजक कमिटी सदस्य धरम लामाले नेकपा एमालेले खेलकुदलाई निकै महत्वको साथमा लिएको बताएका छन् । खेलकुदमार्फत देशलाई अन्तराष्ट्रिय जगतमा चिनाउन सकिने भन्दै उनले खेलकुद महासंघमार्फत राष्ट्रिय खेलाडी उत्पादन गर्नको लागि मकवानपुर जिल्ला कमिटीले आयोजना गर्ने यस प्रकारका खाल गतिविधिले सहयोग गर्ने जनाए ।

यसमा तपाइको मत

Your email address will not be published.


*