प्रेस संगठनमा चौलागाईं
हेटौंडा-नेकपा एकीकृत समाजवादी पार्टी निकट समाजवादी प्रेस संगठन नेपाल मकवानपुरको संस्थापक अध्यक्ष पदमा शिव चौलागाईं सर्वसम्मत चुनिएका छन् । शनिबार हेटौंडामा सम्पन्न संगठनको प्रथम भेलाले चौलागाईंको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा गोविन्द प्रसाद न्यौपाने र मञ्जु पुडासैनी चयन भएका छन् । संगठनको सचिवमा पुष्कर गोले, कोषाध्यक्षमा राजु बस्नेत, सहसचिवमा विकल्प चौलागाईं चुनिएका हुन् । समितिको सदस्यहरुमा शंकर लामा, शुक्र अतित, सिर्जना सत्याल, स्वस्तिका राई, श्रीकृष्ण पुडासैनी, पवन चेपाङ र गीता बानियाँ रहेका छन् ।कार्यक्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष केदार न्यौपाने, प्रेस संगठनका केन्द्रीय उपाध्यक्ष विश्वमणि सुवेदी, केन्द्रीय उपमहासचिव राम– कुमार एलन, केन्द्रीय सदस्य शिव– कुमार काशी, केन्द्रीय सदस्य तथा बागमती प्रदेश सहइञ्चाज राजन दाहाल, पार्टीको जिल्ला अध्यक्ष श्रीधर पोखरेल लगायतको उपस्थिति रहेको थियो ।







