महाअभियोग पत्र बुझेर सर्वोच्च अदालतबाट बाहिरिए चोलेन्द्र शमशेर
काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफुमाथि लागेको महाअभियोग पत्र बुझेर सर्वोच्च अदालतबाट बाहिरिएका छन्।त्यसलगत्तै सचिवालयले प्रधानन्याधीश जबरालाई पत्रमार्फत् महाअभियोगबारे जानकारी दिएको थियो। उनी पत्र बुझेलगत्तै सर्वोच्चबाट करिब २ बजे बाहिरएका हुन्। जबरा बाहिरिँदा उनी सवार गाडीको राष्ट्रिय झण्डा छोपिएको थियो। सत्ता गठबन्धनका ९८ सांसदहरुले आज बिहान ११ बजे संसद् सचिवालयमा प्रधानन्यायाधीश जबरामाथि महाअभियोग प्रस्ताव दर्ता गराएका थिए। संसदमा महाभियोग प्रस्ताव दर्ता भएसँगै जबरा स्वतः प्रधानन्यायाधीशबाट निलम्बनमा परेका छन्।मन्त्रिपरिषदमा भागबन्डा खोजेकोलगायतका कारण विवादित बन्दै आएका जबराविरुद्ध १०६ दिनदेखि आन्दोलनरत नेपाल बार एसोसिएसनले यसअघिनै महाअभियोग लगाउन दलका शीर्ष नेताहरूसँग माग गरेको थियो।







