रेडियोको वार्षिकोत्सवमा साइकल ¥याली

साझाकुरा
२०७८ फाल्गुन २, सोमबार ०९:५२

हेटौंडा- मकवानपुरको पुरानो रेडियो थाहा सञ्चारले आफ्नो १४ औं वार्षिक उत्सवको साताव्यापी कार्यक्रम आइतबारदेखि विविध कार्यक्रम गर्दै मनाउन सुरु गरेको छ ।वार्षिक उत्सवको साताव्यापी कार्यक्रमअन्तर्गत् आइतबार पहिलो दिन पर्यावरण प्रवद्र्धनका लागि भन्दै रेडियोले साइकल ¥याली गरेको छ । हेटौंडा उपमहानगरपालिका–४ अजरअमर रोडस्थित रेडियो परिसरबाट सुरु ¥याली बुद्धचोक सानोपोखरा, क्याम्पाडाँडा, चौघडा, चुच्चेखोला, सालक पार्क हँुदै मकवानपुरगढी गाउँपालिका–२ शिखरकटेरीमा पुगेर समापन भएको थियो । ¥यालीमा २० जना राइडर्सहरुको सहभागिता थियो । बागमती प्रदेश सरकार वन तथा वातावरण मन्त्री विशाल खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

¥यालीमा सहभागीहरुलाई मन्त्री खड्काले प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रममा बागमती प्रदेशका वन तथा वातावरण मन्त्रालयका सचिव यज्ञनाथ दाहाल, हेटौंडा–६ का वडाध्यक्ष अर्जुनप्रसाद चौलागार्इं, मकवानपुरगढी–२ का वडाध्यक्ष बखानसिं पाख्रिन, चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष अर्जुनप्रसाद दाहाल, सशस्त्र प्रहरी बल १४ नम्बर गण हेटौंडाका प्रहरी उपरीक्षक नेत्रबहादुर कार्की, राइडर्स क्लब मकवानपुरका संस्थापक अध्यक्ष दीपेन्द्रचन्द ठकुरी लगायतको अतिथ्यता थियो । वार्षिकोत्सव कार्यक्रमअन्तर्गत् आज सोमबार हेटौंडा बुद्धचोकमा रक्तदान कार्यक्रम हुने स्टेसन म्यानेजर मणिराज गौतमले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*