मयुरधापमा बन्दै पक्की सडक
हेटौंडा- हेटौंडा उपमहानगरपालिकालाई कच्ची सडक मुक्त गर्ने अभियानअन्तर्गत् १४ नम्बर वडाको मयुरधापमा सडक पक्की गर्न सुरु भएको छ ।हेटौंडा–१४ मयुरधापमा पक्की सडक निर्माणको शिलान्यास भएको छ । कुख्रेनी खोलादेखि मयुरधाप सम्मको सडक पक्की हुन लागेको हो । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले आइतबार एक कार्यक्रमबीच सडक निर्माणको शिलान्यास गरेका हुन् । बागमती प्रदेश ७९ लाख रुपैयाँ लागतमा सडक निर्माण गर्न लागिएको हो । ६ मिटर चौडाई रहेको यस सडक आठ सय मिटर लामो निर्माण हुनेछ ।
शिलान्यासमा पूर्व राज्यमन्त्री जुनेली श्रेष्ठ, संबिधान सभाका सदस्य अनन्त पौडेल, हेटौंडा–१४ का वडा अध्यक्ष दीपक खड्कालगायतको सहभागिता थियो । शिलान्यास गर्नै पूर्वमुख्यमन्त्री पौडेलले पहिले एमालेका पालामा भएका विकासका काम गाउँ–गाउँसम्म पुगेको बताए । हरेक गाउँमा पक्की सडक र पुल निर्माणका कामले गति लिएपनि अहिलेको सरकारले विकास गर्न नसकेको उनको भनाइ छ ।







