५२ जनाद्वारा रक्तदान
हेटौंडा- हेटौंडाको बुद्धचोकमा भएको रक्तदान कार्यक्रममा ५२ जनाले रगत दिएका छन् । रेडियो थाहा सञ्चारद्वारा वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ५२ जनाले
रगत दिएका हुन् ।रेडियोले स्थापनाको १५ औँ वर्षमा प्रवेश गरेको अवसरमा आइतबारबाट सप्ताहव्यापी कार्यक्रम सुरु गरेको थियो । सप्ताहव्यापी कार्यक्रमको तेस्रो दिन आज मंगलबार रुपचन्द्र विष्ट र अहिलेको राजनीतिक परिवेश विषयक अन्तरक्रिया कार्यक्रमको रेडियोले प्रत्यक्ष प्रशारण गर्नेछ । रेडियोको स्टेसन म्यानेजर मणिराज गौतमको अनुसार सप्ताहव्यापी कार्यक्रमको चौथो दिन फागुन ४ गते दूध उत्पादन क्षेत्रको अवसर र चुनौती विषयक अन्तरक्रिया हुनेछ ।
कार्यक्रममा प्रदेशको कृषि तथा पशुपंक्षी विकास मन्त्री बसुन्धरा हुमागाईं, मन्त्रालयका सचिव, किसान तथा अन्य सरोकारवालाहरुको उपस्थिति रहनेछ । ५ गते सडक दुर्घटना न्यूनीकरण नहुनुमा जिम्मेवारी कस्को भन्ने विषयमा माविस्तरीय वक्तृत्वकला कार्यक्रम हुने गौतमले बताए ।यसैगरी, ६ गते कोरोना रोकथाम तथा नियन्त्रणमा सरोकारवालाहरुको भूमिका विषयक अन्तरिक्रिया हुनेछ । कार्यक्रमको अन्तिम दिन ७ गते थाहा सम्मान तथा १४ औ वार्षिकोत्सव समापन समारोह तथा साहित्य सम्मेलन हुने गौतमले बताए ।







