हेटौंडा–१६ मा माटो परीक्षण ल्याब
हेटौंडा- हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६, हटियामा माटो परीक्षण ल्याबको उद्घाटन गरिएको छ ।हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख हरिबहादुर महतले सोमबार एक कार्यक्रमबीच ल्याबको उद्घाटन गरेका हुन् । ल्याबमा किसानहरुले आफ्नो खेतबारीको माटो निःशुल्क रुपमा परीक्षण गर्न सक्नेछन् । नगर प्रमुख महतले नगरमा रहेका खेतियोग्य जमिनमा के–कस्ता उब्जनी गर्न सक्छौ र त्यहाँको माटोको अवस्था कस्तो छ भनेर थाहा पाउनको लागि ल्याब स्थापना गरिएको बताए । उनले खेतियोग्य जग्गालाई राम्रो बनाउन ल्याबले किसानलाई सहयोग गर्ने उनको भनाई छ ।
ल्याबलाई पहिलो चरणमा उपमहानगरपालिकाले ५ लाख रुपैयाँ बराबरको सामग्री उपलब्ध गराएको छ । ल्यावलाई आवश्यक पर्ने थप उपकरण तथा जनशक्ति व्यवस्थापनमा उपमहानगरपालिले थप सहयोग गर्ने महतले प्रतिबद्धता जनाएका छन्। हेटौंडा उपमहानगरपालिका–१६ का वडा अध्यक्ष रामकृष्ण कोइरालाको अध्यक्षतामा ल्याब उद्घाटन भएको छ ।







