प्रभावकारी बन्दै खोप सेवा जिल्लामा ८४ प्रतिशतले लगाए

साझाकुरा
२०७८ फाल्गुन ४, बुधबार ११:५०

हेटौंडा- मकवानपुरमा कोरोनाविरुद्धको खोप सेवा प्रभावकारी बन्दै गइरहेको छ । प्रदेश सरकारले समुदायस्तरमा खोप सेवा पु¥याउने योजना कार्यान्वयन गरेपछि खोप लगाउनेहरुको संख्यामा बृद्धि भएको हो ।जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार हेटौंडा उपमहानगरपालिका र बकैया गाउँपालिकामा सत्प्रतिशत भन्दा बढीले खोप लगाएका छन् । हेटौंडामा पूण मात्रा खोप लगाउनेको प्रतिशत एकसय दशमलव सात छ । ‘हेटौंडामा बाहिरका मानिसहरुले पनि खोप लगाएका छन् । बसपार्क र बुद्धचोकमा खोप सेवा सुरु गर्दा जिल्ला बाहिरकाले पनि लगाए । कर्मचारीहरु सबैले हेटौंडामै लगाएकाले नगरको जनसंख्याको सय प्रतिशत नाघेको हो’, कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेले भने ।

मकवानपुरका १० वटा पालिकामध्ये खोपको कम प्रभाव रहेको राक्सिराड्ड र कैलाश गाउँपालिकामा पनि पूर्ण मात्रा खोप लगाउनेको संख्या बढेको छ । राक्सिराड्डमा माघअघि ४० प्रतिशतले मात्रै खोप लगाएका थिए भने हाल पूर्ण मात्रा खोप लगाउको प्रतिशत ६१ प्रतिशत छ । राक्सिराड्डमा चेपाङ र तामाङ समुदायले भ्रम सिर्जना भएपछि खोप लगाउनबाट भाग्दै आएका थिए । प्रदेशको स्वास्थ्य मन्त्रालय र गाउँपालिकाले वडा–वडामा खोप सेवा पु¥याएपछि खोप लगाउने बढेका हुन् । कैलाश गाउँपालिकामा पनि खोप सेवा प्रभावकारी बन्दै गइरहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी घिमिरेले बताए ।

बकैया गाउँपालिकामा पूर्ण मात्रा खोप लगाउनेको प्रतिशत एक सयमाथि रहेको घिमिरेले बताए । मकवानपुरगढी, भीमफेदी, इन्द्रसरोबर, थाहा नगरपालिका, बागमती गाउँपालिका, मनहरी गाउँपालिकामा ८० प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेको घिमिरे बताए । उनका अनुसार बुष्टर डोज खोप लगाउने ३ दशमलव ३ प्रतिशतमात्रै छन् । मकवानपुरमा १२ वर्ष उमेरमाथिका पूर्ण मात्रामा खोप लगाउने ८४ प्रतिशत छन् । एक डोजमात्र खोप लगाउने ८० प्रतिशत रहेको कार्यालयले जनाएको छ ।

बुद्धचोकमा खोप लगाउनेको भीड
हेटौंडा- हेटौंडाको बुद्धचोकमा भइरहेको कोरोना विरुद्धको खोप सेवा प्रभावकारी बन्दै गइरहेको छ । बुद्धचोकमा दैनिक सयौं जनाले खोप लगाउने गरेका छन् ।जिल्ला कोभिड–१९ व्यवस्थापन समिति, हेटौंडा उपमहानगरपालिका र जिल्ला स्वास्थ्य कार्यालयको संयुक्त पहलमा बुधबारबाट खोप सेवा सुरु भएको थियो । बुद्धचोकको अस्थायी खोप केन्द्रमा कोरोनाविरुद्ध खोप लगाउने सेवाग्राहीको भिड लाग्ने गरेको छ । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले प्रतिदिन करिब एक हजार जनाले सेवा लिइरहेका छन् ।

पुरानो नारायणी यातायात कम्पनी प्रालि, ग्रामीण जागरण तथा विकास संगठन नेपाल र एसोसिएसन अफ प्राइभेट हेल्थ नेपाल मकवानपुरले खोप केन्द्र सञ्चालनमा सहयोग पु¥याइरहेका छन् । सरकारले चैतभित्र सत्प्रतिशत जनसंख्याले कोरोना विरुद्धको पूर्ण खोप लगाएको घोषणा गर्ने तयारी गरेसँगै हाल जिल्लाभर खोप अभियान सञ्चालन भइरहेको छ । जिल्लास्थित स्थानीय तहहरुमा पनि कोरोनाविरुद्धको खोप अभियान निरन्तर सञ्चालन भइरहेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*