नेता लामिछानेद्वारा भीमफेदीमा खानेपानी पाइप सहयोग
हेटौंडानेपाली कांग्रेस मकवानपुरको सभापति पदमा उम्मेदवारी घोषण गरेका नेता जयराम लामिछानेले खानेपानी पाइप सहयोग गरेका छन् ।भीमफेदी गाउँपालिकाको हाल ५ नम्बर वडा साविकको ९ ज्यामिरेमा लामिछानेले मंगलबार १ हजार ५ सय मिटर पाइप सहयोग गरेका हुन् । ‘जनताको दुःख नै मेरो दुःख हो । जनताको पीरमर्का र कष्ट हटाउन म राजनीतिमा लागेको हुँ । सोही कार्यअनुसार मैले पाइप सहयोग गरेँ । आगामी दिनमा पनि आवश्यक सहयोग गर्नेछु’, लामिछानेले भने । उनले जनताको समस्या समाधानमा नेपाली कांग्रेस संधै गम्भीर बनेको दाबी गरेका छन् । उनले भीमफेदी पुगेर आसन्न जिल्ला अधिवेशनबाट पार्टी सभापतिमा बिजयी हुनेमा विश्वस्त रहेको बताएका छन् ।
लामिछानेले विगतमा पनि सडक निर्माण गर्दै गाउँको विकासमा सहकार्य गर्दै आएका थिए । नेपाली कांग्रेस भीमफेदी गाउँपालिका कमिटीले आयोजना गरेको कार्यक्रममा ८० जना कांग्रेस प्रवेश गरेको स्थानीय शरण देवकोटाले बताए । कार्यक्रम नेता लामिछानेको प्रमुख आत्थ्यिता तथा सिंहबहादुर पाख्रिनको सभाध्यक्षतामा भएको थियो । कार्यक्रममा कांग्रेस जिल्ला सचिव आनन्द कठायत, पार्टी गाउँपालिका अध्यक्ष सञ्जीव श्रेष्ठ, पार्टी जिल्ला सदस्य इन्दिरा न्यौपाने, पार्टी पूर्वसंघीय सभापति ईश्वरनाथ पौडेल, तरुण दलका जिल्ला अध्यक्ष ईश्वर पाठकलगायतले मन्तव्य व्यक्त गरेका थिए ।







