एमसीसीविरुद्ध दिनभर प्रदर्शन

हेटौंडामा बन्दको आंशिक प्रभाव
साझाकुरा
२०७८ फाल्गुन ५, बिहीबार १२:५९

हेटौंडा- हेटौंडामा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को बिरोध गर्दै आह्वान भएको बन्दको आंशिक प्रभाव परेको छ ।नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालगायतका कम्युनिष्ट पार्टी र मोर्चाले बुधवार नेपाल बन्द आव्हान् गरेका थिए । नेपाल बन्दको प्रभाव हेटौंडामा आंशिक परेको थियो । नेत्रविक्रम चन्द नेतृत्वको नेकपालगायत कम्युनिष्ट पार्टी र मोर्चाले एमसीसीको बिरोध गर्दै प्रदर्शन गरेका थिए ।

बन्दका कारण मकवानपुरमा लामो तथा छोटो दूरीका सवारी साधन कम मात्रामा सञ्चालन भएका थिए । यात्रुवाहक सवारी चल्न सकेन । हेटौंडा बजारमा थोरै संख्यामा सवारीसाधन सञ्चालन भएपनि लामो दूरीका सवारी सडकमा कम गुडेका थिए ।हेटौंडा भएर पूर्वपश्चिम राजमार्ग, त्रिभुवन राजपथ, कान्तिराजपथ, धरानचतरा मार्ग विगतभन्दा सुनसान थिए । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक जयश्वर रिमालले बन्दमा सुरक्षा निगरानी चुस्त बनाइएको बताए । बजारका सडक र चोकचोकमा बाक्लो संख्यामा प्रहरी परिचालन भएका थिए । बन्दमा कुनै किसिमका घटना नभएको प्रहरीले जनाएको छ । बन्दका कारण मकवानपुरका अधिकांक विद्यालय, क्याम्पसको पठनपाठन हुन सकेन ।

यसमा तपाइको मत

Your email address will not be published.


*