बागमती सरकार किसानको पक्षमा छ: मन्त्री हुमागाईं

साझाकुरा
२०७८ फाल्गुन ५, बिहीबार १३:०१

हेटौंडा, ४ फागुन÷ बागमती प्रदेशको कृषि तथा पशुपंक्षी विकास मन्त्री बसुन्धरा हुमागार्इंले प्रदेश सरकार किसानको हितको पक्षमा रहेको बताएका छन् ।
बिन्दाबासिनी मिडिया प्रालिद्वारा सञ्चालित रेडियो थाहासञ्चार ९९.६ हेटौंडाको वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रमको चौथो दिन बुधबार आयोजित दुग्ध उत्पादन क्षेत्रको अवसर र चुनौती विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै मन्त्री हुमागार्इंले यस्तो बताएका हुन् । उनले प्रदेश सरकार किसानको हितको पक्षमा रहेको भन्दै कृषिलाई व्यवस्थित गर्दै कृषकको विकासको लागि लागिपरेको बताए ।

मन्त्री हुमागाँईले पहुँचको आधारमा सरकारले अनुदान नदिने भन्दै प्रदेश सरकारले वास्तविक किसानसम्म अनुदान पु¥याउनेसमेत बताए । उनले सहज ढंगले किसानले अनुदान, सहुलिलयतपूर्ण ऋण पाउने व्यवस्था मिलाउने भन्दै किसानको हक अधिकारको लागि आफू सदैव तत्पर रहेको बताए । किसानहरुले पाउनुपर्ने दूधको मूल्यको भुक्तानिको लागि आफूले पहल गर्ने पनि मन्त्री हुमागार्इंले बताए । कार्यक्रममा किसानहरुले गाई वस्तुलाई खुवाउने खाद्यान्नको मूल्य आकाशिँदा दूधको मूल्य थोरै मात्रै बढेको र बढेको मूल्य पनि किसानलाई भन्दा धेरै बिचौलियालाई पोस्न खोजिएको गुनासो गरेका थिए ।

किसानले दूध बिक्री गरेको ४ महिनासम्म दूधको भुक्तानी नपाएकोमा उनीहरुको दुःखेसो थियो । कार्यक्रममा रेडियो थाहा सञ्चारको प्रवन्धक अरुणराज सुमार्गीले किसान बलियो भएमात्रै देशको अर्थतन्त्र बलियो हुने भन्दै कृषि क्षेत्रको विकासमा सरकारले ध्यान दिनुपर्ने बताए । उनले बागमती प्रदेशको १३ वटै जिल्लामा कृषि उत्पादन औजार उत्पादन गरेर कृषि क्षेत्रलाई आधुनिकीकरण गर्नुपर्नेमा जोड दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*