धानबाली क्षति भएका किसानलाई एक अर्ब
हेटौं बेमौसमी वर्षाले धानबालीमा क्षति पुगेका मकवानपुरका किसानलाई सरकारले राहत रकम उपलब्ध गराउन रकम निकासा गरेको छ ।जिल्ला विपद् व्यवस्थापन समितिबाट यकिन भइ आएका मकवानपुरमा मापदण्ड बमोजिमको आधार र प्रक्रिया पूरा गरी रकम उपलब्ध गराउने निर्णय भएको गृह मन्त्रालयले जानकारी दिएको छ । बेमौसमी वर्षाले धानबालीमा क्षति पुगेका मकवानपुरसहित इलाम, तेह्रथुम, संखुवासभा, धनकुटा, सिरहा, बारा, रौतहट, मकवानपुर, रसुवा, काभ्रे, सिन्धुलीका किसानलाई राहत रकम उपलब्ध गराइने भएको हो ।
यसैगरी, स्याङ्जा, कास्की, पर्वत, बर्दिया, दाङ, रोल्पा, पाल्पा, अर्घाखाँची, गुल्मी, रुपन्देही, बाँके, प्युठान, हुम्लालगायत जिल्लाका किसानलाई राहत उपलब्ध गराउने निर्णय भएको छ ।गत कात्तिक पहिलो हप्ता बेमौसमी वर्षाका कारण धानबालीमा क्षति पुगेको थियो । मकवानपुरसहित ती जिल्लाका विपद् व्यवस्थापन कोषमा ८५ करोड चार लाख रुपियाँ रकम निकासा भइसकेको गृह मन्त्रालयले जनाएको छ । मापदण्ड–२०७८ ले निर्धारण गरेको आधार र प्रक्रिया अनुसार राहत रकम उपलब्ध गराउन लागिएको हो ।







