हेटौंडा क्याम्पसलाई अनेरास्ववियुको सहयोग

साझाकुरा
२०७८ फाल्गुन ७, शनिबार ०९:५९

हेटौंडा- जिल्लाकै उत्कृष्ट सामुदायिक क्याम्पस हेटौंडा क्याम्पसलाई विद्यार्थीको हितका लागि सहयोग उपलब्ध गराइएको छ ।अनेरास्ववियु हेटौंडा क्याम्पस कमिटीले अटो डिस्पेन्सर सेनिटाइजर मेसिन र सेनेटरी प्याडको भेण्डिङ मेसिन सहयोग गरेको हो । हेटौंडा क्याम्पसको ३१ औं वार्षिक उत्सवको अवसरमा नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियद्वारा महिलाहरुले महिनावारीको समयमा प्रयोग गर्ने सेनेटरी प्याडको भेण्डिङ मेसिन, अटो सेनिटाइजर डिस्पेन्सर मेसिनसँगै २५ लिटर सेनिटाइजर हस्तान्तरण गरेको अनेरास्ववियु मकवानपुरका अध्यक्ष अरुण बर्तौलाले जानकारी दिए ।

हेटौंडा क्याम्पसका प्रमुख डा. देवचन्द्र मानन्धरले क्याम्पसमा रहेका संगठनमध्ये सिर्जनशील काम गरेकोमा धन्यवाद व्यक्त गरे । अनेरास्ववियु हेटौंडा क्याम्पस कमिटीको सह–संयोजक शंकर लामाको अध्यक्षतामा भएको कार्यक्रममा अनेरास्ववियु केन्द्रीय स्थायी कमिटी सदस्य सुलभ अधिकारीको प्रमुख आतिथ्यता थियो । कार्यक्रममा अनेरास्ववियु मकवानपुर जिल्ला उपाध्यक्ष शिशिर पराजुली, सचिव आकाश अधिकारी, सदस्यहरु सञ्चमान तामाङ, दीपेश कार्की, कुशल पराजुली, रोशन गोलेलगाएतको सहभागिता थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*