ट्याक्टरले किच्दा युवकको मृत्यु

साझाकुरा
२०७८ फाल्गुन ८, आईतवार १३:३३

हेटौंडा- मकवानपुरगढी गाउँपालिका २ नम्बर वडास्थित शिखरकटेरीमा ट्याक्टरले किच्दा एक युवकको ज्यान गएको छ ।दुर्घटनामा मृत्यु हुने स्थानीय २१ वर्षीय सुशील विश्वकर्मा हुन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रारम्भिक अनुसन्धानबाट ट्याक्टरमै चढेर आएका मृतक विक लड्दा पछाडिको टायरले उनलाई किचेको प्रवक्तासमेत रहेका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । कान्तिलोकमार्गअन्तर्गत् शुक्रबार राति ८ बजे धरमपानीबाट शिखरकटेरीतर्फ आउँदै गरेको नम्बर नखुलेको ट्याक्टरबाट खस्दा विक गम्भीर घाईते भएका थिए ।

उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको डीएसपी रिमालले जानकारी दिए । ट्याक्टर चालक भने फरार छन् । ‘ट्याक्टर चालक फरार छन् । चालकको खोजी भइरहेको छ’, रिमालले भने । विकको मृत्यु भएपछि शिखरकटेरीका स्थानीयले कान्तिलोकपथ मार्ग अवरुद्ध गरेका थिए । मृतकका आफन्त तथा स्थानीयले दोषीलाई कारबाही र उचित क्षतिपूर्तीको माग गर्दै सडक अवरुद्ध गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*