ग्याल्पो ल्होसारमा सार्वजनिक बिदा दिने निर्णय
काठमाडौं – सरकारले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शेर्पा समुदायको ग्याल्पो ल्होसारको अवसरमा भोलि सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ।ग्याल्पो ल्होसार बौद्ध धर्मापलम्बीहरूको प्रमुख चाड हो। नयाँ वर्षका रुपमा शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउने गर्छन्।







