हेटौंडामा बाहिरिनेभन्दा भित्रिने बढी

साझाकुरा
२०७८ फाल्गुन १९, बिहीबार १०:३२

हेटौंडा- बागमती प्रदेशको एकमात्र उपमहानगरपालिका हेटौंडामा बसाईं सरेर आउनेको संख्यामा व्यापक बृद्धि भएको छ ।प्रदेशको राजधानी भएपछि हेटौंडामा बसाईं सरी आउनेको संख्या बढेको हो । हेटौंडामा आर्थिक वर्ष २०७६÷०७७ मा चारसय ८६ परिवार बसाईं सरी आएका थिए । उक्त अवधिमा दुई सय ७० परिवार हेटौंडाबाट अन्यत्र बसाईं सरी गएका थिए । चालू आव पुस मसान्तसम्मको तथ्याड्ढअनुसार छसय परिवारका दुई हजार दुईसय १६ जना हेटौंडामा बसाई सरेर आएको कार्यालयका सूचना अधिकारी भानुभक्त थपलियाले जानकारी दिए ।

हेटौंडाबाट अन्यत्र बसाईं सरेर जानेको संख्या तीनसय ४३ परिवारका एकहजार एकसय ७६ जना छन् । दुई वर्षअघिको तथ्याड्ढलाई हेर्दा चालू आव २०७८÷०७९ मा बसाईं सरेर आउनेको संख्यामा बृद्धि भएको हो । अघिल्लो वर्ष १२ महिनाभित्र चार सय ८६ परिवार बसाईं सरेर आएको भएपनि यसवर्ष ६ महिनामै छसय परिवार बसाईं सरेर आएका हुन् । चालू आवको बाँकी ६ महिनाभित्र अझै परिवार बसाईं सरेर आउने सहजै अनुमान गर्न सकिन्छ ।

हेटौंडामा बढी जस्तो ग्रामीण क्षेत्रबाट बसाईं सरेर आउने क्रम बढी छ । विगतमा मकवानपुरबाट सबैभन्दा बढी चितवन, तराईं र काठमाडौंमा बसाईं सरेर जाने क्रम बढी थियो । त्यो क्रम अहिले घटेको स्थानीय तहहरुले बताएका छन् । हेटौंडामा अस्थायीरुपमा बसोबास गर्नेहरुको संख्या पनि बढेको छ । प्रदेश राजधानी भएकाले कर्मचारी देखि निजी क्षेत्रका व्यक्तिहरुको अस्थायी बसोबास बढेको हो ।
यसैगरी, हेटौंडाभित्र जनचेतनाका कारण समयमै विवाह दर्ता गर्नेहरुको संख्यामा बृद्धि भएको छ । विवाह भएको ३५ दिनभित्र अनिवार्य विवाह दर्ता गरिसक्नुपर्ने कानुनी प्रावधान छ । अन्य घटना दर्ताको तुलनामा विवाह दर्ता अगाडि नै हुने गरेको हेटौंडा उपमहानगरपालिकाको तथ्यड्ढले देखाएको छ । विवाह दर्ता महिलाहरुमा सचेतना बृद्धि भएका कारण समयमै दर्ता हुन पुगेको महिला अधिकारकर्मीहरु बताउँछन् ।

चालू आवको पुुस मसान्तसम्मको तथ्याड्ढअनुसार हेटौंडामा आठसय १८ नवदम्पतीले समयमै विवाह दर्ता गरेका थिए । विगतमा विवाह दर्ता समयमै हुने गरेको थिएन् । विवाह गरेको लामो समयसम्म पनि विवाह दर्ता नगर्नेहरुको बाक्लो संख्या छ । बितेका ६ महिनामा हेटौंडा उपमहानगरपालिकाभित्र सम्बन्ध विच्छेद गर्नेहरुको संख्या एकसय चार रहेको छ । सूचना अधिकारी थपलियाका अनुसार १९ वटै वडामा सम्बन्ध विच्छेद गर्नेहरुको संख्या एकसय चार रहेको हो ।

सानै उमेरमा विवाह गर्ने, घरायसी झैझगडा, विवाह पश्चात् पुरुष विदेश जाने र फर्कंदा झैझगडा हुने, एकले अर्कालाई शंका गर्ने गरेको कारण सम्बन्ध विच्छेद गर्नेको संख्या बृद्धि
भइरहेको कानुन व्यवसायीहरुले बताए । हेटौंडामा व्यक्तिगत घटना दर्ता गराउनेहरुको सख्या बढ्दै गएको पाइएको छ । ६ महिनामा चारहजार तीनसय ८४ जनाले घटना दर्ता गराएको नगर प्रमुख हरिबहादुर महतले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*