थाहा नगर जिल्लाकै उत्कृष्ट

साझाकुरा
२०७८ फाल्गुन २२, आईतवार ११:१५

हेटौंडा-उत्तरी मकवानपुरको थाहा नगरपालिका जिल्ला कै उत्कृष्ट स्थानीय तह बनेको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकन अनुसार थाहा नगरपालिका मकवानपुर जिल्लाकै उत्कृष्ट भएको हो । थाहा नगरपालिकाका स्थानीय तहको कार्य सम्पादन प्रगति अनलाइन रिपोटिङ फोकल पर्सन सुरजकुमार भुजेलको अनुसार थाहा नगरले आयोगको मुल्याङ्कनमा ७०.०८ अंक प्राप्त गरेको छ । आगामी आर्थिक वर्ष २०७९÷८० मा संघीय सरकारबाट तल्लो सरकारलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानको प्रयोजनका लागि प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय सरकारहरुको कार्यसम्पादन मूल्यांकन गरेको थियो ।

आयोगले तोकेको सूचकमा थाहा नगरले राम्रो काम गरेको भुजेलले बताए । आयोगले १८ फागुनमा कार्य सम्पादन मूल्याङ्कन सार्वजनिक गर्दै तथ्याङ्क र प्राप्ताङ्कमा परिमार्जन गर्न परे ठोस प्रमाणसहित ७ दिन भित्र कार्यविधि बमोजिम पुनरावलोकनका लागि पत्र पठाउन स्थानीय तहहरुलाई परिपत्र गरेको छ ।पालिकाको प्रमुख तथा जनप्रतिनीधिहरुको सहयोगबाटे उपलब्धी हासिल गर्न सकिएको थाहानगरका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले जानकारी दिए । पालिकाको वित्तिय सेवा प्रवाहलाई थप सुधार गर्दै लैजाने प्रशासकीय अधिकृत पुरीको प्रतिवद्धता छ ।

आयोगको मुल्याङ्कन अनुसार सबैभन्दा कम प्राप्ताङ्क मकवानपुरको मनहरी गाउँपालिकाले पाएको छ । मनहरीले ४४.१३ अंक पाएको हो । त्यस्तै मकवानपुरगढी गाउँपालिकाले ६५.०७, बकैयाले ६१.८८, राक्सिराङले ६०, कैलाशले ५६.९९, भिमफेदीले ५६.४५, बागमतीले ५३.१७, इन्द्रसरोवर गाउँपालिकाले ५१.०२ र हेटौंडा उपमहानगरपालिकाले ४५.७३ मूल्याङ्कन अंक पाएको छ । आयोगले राष्टिूय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ बमोजिम वार्षिक रुपमा मुल्याङ्कन गर्ने गर्दछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*