युवा क्लवलाई बानियाँको एक लाख सहयोग

साझाकुरा
२०७८ फाल्गुन २२, आईतवार ११:३२

हेटौंडा-हेटौंडा उपमहानगरपालिका–५ का वडा अध्यक्ष राजेश बानियाँले जनप्रभा युवा क्लबलाई एकलाख सहयोग गरेका छन् । हेटौंडामा शुक्रबारबाट सुरु भएको ऐट ए साइट फुटबल प्रतियोगितामा सहभागी बनेको जनप्रभा युवा क्लबलाई कांग्रेस प्रतिनिधि सभा क्षेत्र १ को (ख) का सभापतिसमेत रहेका बानियाँले एक लाख सहयोग गरेका हुन् । खेलकुद क्षेत्रमा युवा खेलाडीलाई प्रोत्साहन गर्न आफूले सहयोग गरेको बानियाँले बताएका छन् । उनले पाएको सरकारी सुविधालाई सामाजिक कार्यमा खर्च गर्दै आइरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*