विद्युतीय स्कुटर अब हेटौंडामा

साझाकुरा
२०७८ फाल्गुन २३, सोमबार ११:५०

हेटौंडा- पेट्रोलियम पदार्थको मूल्य आकासिएको बेलामा हेटौंडामा विद्युतीय स्कुटरको नयाँ शोरुम सञ्चालनमा आएको छ । चिनिया कम्पनि याडेको विद्युतीय स्कुटर बिक्री गर्ने गरी हेटौंडा–२, चौकीटोलमा वर्षा अटोमोबाइल्स आइतबारदेखि सञ्चालनमा आएको हो । शोरुमको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले उद्घाटन गरेका थिए । हेटौंडालाई हरित शहर बनाउने उद्देश्यसहित शोरुम सञ्चालनमा ल्याइएको जनाइएको छ ।पेट्रोलियम पदार्थको मूल्य पटक–पटक बृद्धि भई उपभोक्ताले चिन्ता व्यक्त गरिरहँदा विद्युतीय स्कुटरको नयाँ शोरुम सञ्चालनमा आएपछि हेटौंडाबासी हर्षित भएका छन् । पाँच घण्टामा व्याट्रि फूलचार्ज हुने स्कुटरले एकसय किलोमिटरसम्म यात्रा गर्न सकिने बताइएको छ । दुईहजार वाट क्षमता भएको व्याट्रि फूल चार्ज गर्दा डेढ युनिटमात्रै बिजुली खपत हुने कम्पनिको दाबी छ ।अहिले एउटै मोडलको स्कुटर आएको र मूल्य एकलाख ७० हजार रुपियाँ रहेको सञ्चालक सबी भण्डारीले जानकारी दिए । उनले शोरुम उद्घाटनको अवसरमा १० हजार रुपियाँ छुटको व्यवस्थासमेत गरिएको जानकारी दिए । उद्घाटन कार्यक्रममा हेटौंडाको सबै वडाका वडा अध्यक्षहरुको पनि उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*