मुख्यमन्त्री पाण्डेको अवैतनिक सल्लाहकारमा सुमार्गी

साझाकुरा
२०७८ फाल्गुन ३०, सोमबार १३:५४

हेटौंडा-नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गी बागमती प्रदेशको मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको अवैतनिक सल्लाहकारमा नियुक्त भएका छन् ।मुख्यमन्त्री पाण्डेले हेटौंडाका सुमार्गीलाई आफ्नो अवैतनिक सल्लाहकार चयन गरेका हुन् । मुख्यमन्त्री पाण्डेले सुमार्गीलाइ अवैतनिक सल्लाहकार र विज्ञ नियुक्ति सम्बन्धि कार्यविधी २०७८ अनुसार अवैतनिक सल्लाहकार चयन गरेका हुन् ।

प्रदेश सरकारबाट हुने कार्यसम्पादनलाई प्रभावकारी बनाउन आवश्यक पर्ने सल्लाह सुझावको लागि सुमार्गीलाइ सल्लाहकार चयन गरिएको जनाइएको छ ।फागुन ५ गते बसेको मन्त्रीपरिषद् बैठकले आवश्यक परेको खण्डमा अवैतनिक सल्लाहकार चयन गर्नसक्ने निर्णय गरेको थियो । सुमार्गी उद्योग वाणिज्य संघ मकवानपुरका पूर्व अध्यक्षसमेत हुन् । उनी नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत्को कृषि उद्यम तथा अनुसन्धान केन्द्रका सभापतिपनि थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*