नवोदय शिशु सदनमा म्याथ क्याम्प फायर

साझाकुरा
२०७८ चैत्र १, मंगलवार १०:४३

हेटौंडा- नवोदय शिशु सदन माविका विद्यार्थीले म्याथ क्याम्प फायरको आयोजना गरेका छन् ।अन्तर्राष्ट्रिय पाइ डेको अवसरमा सोमबार उनीहरुले गणित विषयको प्रयोग र अभ्यास गरेर गणित विषयको महत्व बुझाउन म्याथ क्याम्प फायरको आयोजना गरेका हुन् । विद्यालयले म्याथ क्लब नै गठन गरेर गणितसम्बन्धी विभिन्न क्रियाकलाप गर्दै आएको छ । १६ वटा समूहले गणितसम्बन्धी अभ्यास गरेर आफ्ना अनुभव र बुझाई प्रस्तुत गरेका थिए ।

एउटा समूहमा बढीमा ७ जना विद्यार्थी सम्मिलित भएर अभ्यास गरेको विद्यालयले जनाएको छ । विद्यार्थीले माना, पाथी, करुवा, घर, पर्खाललगायत विभिन्न वस्तुमा रहने गणितीय पक्षको विश्लेषण गरेका थिए । नवोदय शिशु सदन माविको म्याथ क्लबकी संयोजक एवम् शिक्षक अनु श्रेष्ठका अनुसार विद्यार्थीलाई गणित विषय बुझाउन मौलिक एवम् परम्परागत सामग्रीलाई गणितीय मानकमा बुझ्न र बुझाउन खोजिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*