बकैयाको निकृष्ट बालश्रम हटाउन नीतिगतपत्र

साझाकुरा
२०७८ चैत्र २, बुधबार १०:१५

हेटौंडा-मकवानपुरकै दोस्रो बालमैत्री गाउँपालिका बकैयामा निकृष्ट बालश्रम रहेको तथ्य भेटिएपछि न्युनीकरण र रोकथाम गर्न नीतिगत पत्र हस्तान्तरण गरिएको छ ।बालमैत्री गाउँपालिका घोषणा भएपनि निकृष्ट प्रकारका श्रममा बालबालिका अझै प्रयोग भइरहेको तथ्याड्ढ ग्रामीण महिला स्वावलम्बन संस्थाले उल्लेख गरेको छ । संस्थाले निकृष्ट बालश्रम नियन्त्रण र रोकथाम गर्न सुझावसहित नीतिगतपत्र दिएको संस्थाका कार्यक्रम प्रबन्धक सोमबहादुर स्याङ्तानले जानकारी दिए । संस्थाले बकैयामा सञ्चालन गरेको सक्रिय परियोजनाअन्तर्गत् एक सर्वेक्षण गरी समुदायमा निकृष्ट श्रम गर्ने र श्रममा जाने जोखिममा रहेका बालबालिकाको तथ्याड्ढ संकलन गरेको थियो ।

संस्थाको अध्ययनले बकैयाको अधिकांश वडाका बालबालिका श्रममा रहेको देखिएको छ । संस्थाका प्रमुख व्यवस्थापक सोमबहादुर स्याङ्तानका अनुसार बकैयामा एकसय ४७ जना बालबालिका श्रममा प्रयोग भएका छन् । ८० जना बालबालिका काठमाडौं, ललितपुर, भक्तपुर, धादिङलगायत जिल्लामा गलैँचा कारखाना र इट्टाभट्टामा श्रमिकको रुपमा कार्यरत् रहेको स्याङ्तानले बताए । होटल, सहचालक, ग्यारेज लगायत क्षेत्रमा ६७ जना बालबालिकाले श्रम गरिरहेको उनको भनाइ छ । परिवार, आफन्त, साथीभाइको लहैलहैमा र परिवारको आर्थिक स्थितिका कारण बालबालिकालाई श्रममा जान बाध्य पारेको स्याङ्तान बताउँछन् ।

श्रममा लाग्ने १४ वर्षदेखि १८ वर्षमुनिका धेरै रहेको र उनीहरु अहिले पनि श्रमिककै रुपमा काम गरिरहेको संस्थाले जानकारी दिएको छ । बालमैत्री गाउँपालिका घोषणा गर्न ३९ वटा सूचकहरु पूरा भएको हुनुपर्दछ । मापदण्डमा १७ वटा सूचक शत्प्रतिशत हासिल गर्नुपर्छ । जसमा २२ वटा सूचक न्यूनतम ८० प्रतिशत हासिल हुनुपर्ने हुन्छ । त्यो सबै मापदण्ड पूरा गरेको भन्दै बकैयाले गतवर्ष २९ माघमा पालिकालाई बालमैत्री घोषणा गरेको थियो । संस्थाले बकैया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पुडासैनीलाई बालश्रमबिरुद्धको नीतिसहित संस्थाका कार्यक्रम प्रबन्धक स्याङ्तानले पत्र हस्तान्तरण गरेका छन् । गाउँपालिकाले उक्त नीति पत्रलाई सहयोगी तथ्याड्ढको रुपमा लिएको भन्दै प्रमुख प्रशासकीय अधिकृत पुडासैनीले सुझावलाई कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए ।

यसमा तपाइको मत

Your email address will not be published.


*