यात्रुवाहक बस दुर्घट्ना हुदा दुइको मृत्यु ९ जना घाइते

साझाकुरा
२०७८ चैत्र ४, शुक्रबार १४:१७

पूर्वपश्चिम राजमार्गमा अन्तर्गतमकवानपुरको मनहरी गाउँपालिका–६, सुनाचुरीमा बस दुर्घटना भएको छ । हेटौडा बाट नारयणघाट जाँदै गरेको यात्रुबाहक वस दुर्घटना भएको हो । । दर्घट्नामा परि २ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ना. ४ ख ४४५४ नम्बरको बस अनियन्त्रित भई सडक किनारमा दुर्घट्ना भएको हो ।

दुर्घटनामा मृत्यु भएकाको सनाखत हुन बाँकी रहेको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिए । घाइतेहरुको उपचारका लागि चितवनका अस्पतालहरुमा पठाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*