होटल एसोसिएसनमा जोशीको नेतृत्व

साझाकुरा
२०७८ चैत्र ६, आईतवार ०९:०९

हेटौं- होटल एसोसिएसन अफ मकवानपुरको अध्यक्षमा दिलिसगोविन्द जोशी चयन भएका छन् ।शनिबार भएको १३ औं साधारणसभा तथा छैठौं अधिवेशनबाट जोशीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । समितिको वरिष्ठ उपाध्यक्षमा विष्णुगोपाल महर्जन, उपाध्यक्षमा धनबहादुर पौडेल, महासचिवमा हरिगोपाल सापकोटा, कोषाध्यक्षमा रविन लामा, सचिवमा उमाप्रसाद रौनियार र सहकोषाध्यक्ष सुरेश लामा चयन भएका छन् । समिति सदस्यहरुमा पाल्साङ लामा, पारसमणि थिङ, तेजकुमार स्याङ्तान, धन गहतराज, कृष्णकली राजथला तथा ऋतु पियालगायत
रहेका छन् । नयाँ कार्यसमितिको पहिलो बैठकले सदस्यमा सरोज अधिकारी र सञ्जीवबहादुर लोप्चनलाई मनोनित गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*