वनमा सेनेटरी प्याड बनाउने तालिम

साझाकुरा
२०७८ चैत्र ६, आईतवार ०९:१८

हेटौंडा, ५ चैत÷ हेटौडा–६, चौघडामा ५ दिने सेनेटरी प्याड बनाउने तालिम शनिबारदेखि सुरु भएको छ ।
रानी सामुदायिक वन उपभोक्ता समूह, चौघडा सामुदायिक सिकाई केन्द्रको आयोजना र हेटौंडा उपमहानगरपालिका नगर शिक्षा महाशाखाको सहयोगमा ५ दिने सेनेटरी प्याड बनाउने तालिम शनिबारदेखि वन समूहको सभाहलमा सुरु भएको हो । तालिमको शनिबार बिहान सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका अध्यक्ष साधुराम चौलागाईले उदघाट्न गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष चौलागाईंले सीप सिकेर आत्मनिर्भर बन्न सहभागीलाई आग्रह गरे । सीप जानेको मान्छे सबैको प्रेरणाको श्रोत बन्ने हुँदा वन समूहले महिलाको लागि गरेको कार्य प्रशंसा गर्न लायक भएको बताए ।
वन समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपानेको सभाध्यक्षतामा भएको उदघाट्न कार्यक्रममा समूहका सल्लाहकार बलराम अधिकारी, कृष्ण बिडारी, चित्रेपानी सामुदायिक वनका अध्यक्ष सूर्यबहादुर घलान, वन समूहका उपाध्यक्ष केशव धिताल, सचिव नानीमाया रुम्बा, कोषाध्यक्ष गोमा लामिछाने, सहसचिव दीपक सापकोटा, कार्यालय सचिव भीमसेन पौडेल लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*