बुङदल सामुदायिक वनको भेला

साझाकुरा
२०७८ चैत्र ६, आईतवार ०९:२१

हेटौंडा- मकवानपुरगढी–५ सिमलटारमा रहेको बुङ्दल सामुदायिक वन उपभोक्ता समूहको २६ औं वार्षिक साधारणसभा शनिबार भएको छ ।सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाईंको प्रमुख आतिथ्यता तथा समूहका अध्यक्ष चन्द्रप्रसाद दुलालको सभाध्यक्षतामा साधारणसभा भएको हो । साधारणसभामा समूहकी सचिव राधिका छत्कुलीले प्रगति प्रतिवेदन र कोषाध्यक्ष राजेश अधिकारीले गत आर्थिक वर्ष २०७७÷०७८ को २७ लाख ४९ हजार र चालु आव ०७८÷०७९ को लागि २४ लाख ९ हजारको अनुमानित आयव्यय विवरण पेश गरेका थिए ।

समूहले यस आवमा विपन्न बर्ग लक्षित कार्यक्रम, पर्यापर्यटन, सामुदायिक विकास, आयआर्जनअन्तर्गत बेसार खेती, वन विकास, जैविक विविधताको संरक्षण, भू तथा जलाधार संरक्षण, वन संरक्षण, सामुदायिक विकास, अध्ययन भ्रमणलगायतको कामलाई प्राथमिकताको सूचीमा राखेको समूहका कोषाध्यक्ष राजेश अधिकारीले प्रस्तुत गरेको प्रस्तावित कार्यक्रममा समेटिएको छ ।कार्यक्रममा उत्कृष्ट विद्यार्थीतर्फ अनिसा घिमिरे, रेसु अधिकारी, शिखा दुलाल, हिराकुमारी दाहाल सिजुल दाहाललाई छात्रवृत्ति वितरण गरिएको थियो भने बेसार खेतीतर्फ रेनुका छत्कुलीलाई पुरस्कृत गरिएको थियो ।

साधारणसभामा मकवानपुरगढी–५ का वडा अध्यक्ष जीतबहादुर घिमिरे, सव डिभिजन वन कार्यालय, मकवानपुरगढीका प्रमुख डटेन्द्रकुमार गोले, सामुदायिक वन उपभोक्ता महासंघ, स्थानीय महासंघ, मकवानपुरगढीका अध्यक्ष बलराम अधिकारी, रानी सामुदायिक वनका कार्यालय सचिव भमिसेन पोडेललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*