माधवराज सुमार्गी स्मृति कोषद्वारा एम्बुलेन्स सहयोग
हेटौंडा- माधवराज सुमार्गी स्मृति कोषले मनहरी गाउँपालिका–१, चकरीमा रहेको एक सहकारीलाई एम्बुलेन्स सहयोग गरेको छ । मंगलबार कोषका अध्यक्ष प्रतिष्ठित व्यवसायी अजेयराज सुमार्गीले पिताको स्मृतिमा मनहरी–१, चकरीस्थित श्री शान्ति स्वलम्बन बचत तथा ऋण सहकारी संस्थालाई एम्बुलेन्स सहयोग हस्तान्तरण गरेका हुन् । एम्बुलेन्स हस्तान्तरण गर्दै सुमार्गीले आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरे। सुमार्गी र आमा विश्वकान्ति कलावतीले सहकारीका अध्यक्ष विष्णु अधिकारी र वडाध्यक्ष शिवप्रसाद खनाललाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका थिए । स्थानीयले वडाध्यक्ष खनालको पहलमा एम्बुलेन्स प्राप्त गरेको भन्दै खुसी व्यक्त गरेका थिए । हेटौंडा बजारबाट नजिकै रहेपनि सडक पूर्वाधारको अवस्था कमजोर हुँदा त्यस क्षेत्रका स्थानीयलाई बिरामी पर्दा हेटौंडा आवतजावतमा समस्या रहेको छ । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य अरुणराज सुमार्गी, समाजसेवी अस्मिता सुमार्गी, अंकिता सुमार्गी, साहित्यकार राधेश्याम लेकाली लगायत उपस्थित थिए ।







