तीन बुँदे माग राख्दै गोदावरीका मजदुरमा आन्दोलनमा

साझाकुरा
२०७८ चैत्र १०, बिहीबार १२:२७

हेटौंडा- हेटौंडा-१९, नेवारपानीमा अवस्थित गोदावरी पोलिस्याक्स एण्ड एफआईबीसीमा कार्यरत मजदुर विभिन्न तीन बुँदे माग राख्दै आन्दोलनमा उभिएका छन् । अखिल नेपाल औद्योगिक मजदुर संघ इकाईंले श्रम ऐन लागू, सामाजिक सुरक्षा कोषमा आबद्धता र मजदुर कटौती बन्दलगायतको माग राखेर उनीहरु आन्दोलित बनेका हुन् । मजदुरहरुले आन्दोलन गरेसँगै उद्योग बन्द अवस्थामा रहेको छ । उद्योगले १३ जना मजदुरलाई कोभिडको कारण देखाउँदै जगेडामा राखेसँगै उनीहरु आन्दोलित भएका हुन् ।

उद्योगले विनोद श्रेष्ठ, तेजबहादुर खड्का, हिराप्रसाद भट्ट, सीताराम श्रेष्ठ, प्रदीप्रसाद यादब, चम्पक अधिकारी, सुजन घलान, डिलिराम राजकुमार विष्ट, कृष्ण मल्ल, गुलमहोम्द सेख, कृष्णमान बल, राधिका तामाङ र प्रदीप विडारीलाईं १५ दिनका लागि जगेडामा राखेर हाजिर गर्नुनपर्ने उल्लेख गरेको छ । उद्योगको यो कदमसँगै उनीहरु आन्दोलित भएका हुन् । संघका इकाईं अध्यक्ष विनोद श्रेष्ठले आफूहरुको आन्दोलन र मागको विषयमा सरोकारवाला पक्षलाई जानकारी गराइसकेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*