गाँजासहित ४ जना पक्राउ
हेटौंडा- मकवानपुर प्रहरीले ४२ किलो लागूऔषध गाँजासहित ४ जनालाई पक्राउ गरेको छ ।ईलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा खटिएको टोलीले पूर्व–पश्चिम लोकमार्गअन्तर्गत् मनहरी–६ बाट चितवनतर्फ जाँदै गरेको ना. ६ ख ४४०९ नम्बर ट्रक रोकी चेकजाँच गर्दा चालकको सिट पछाडी लुकाई ल्याएको गाँजा फेला पारी चार जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा चालक मनहरी–६ का ३१ वर्षीय ईश्वर पाठक, सहचालक हेटौंडा–११ का २२ वर्षीय सागर थिङ, ट्रकमा सवार नवलपरासी जिल्ला रामग्राम नगरपालिका–१२ का ६० वर्षीय राजेशप्रसाद रौनियार र सोही ठाउँका ४० वर्षीया रेश्मा भर रहेको मकवानपुर प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।







