मकवानपुर मुद्रण उद्योग संघ अध्यक्षमा नेपाल
हेटौंडा- मकवानपुर मुद्रण उद्योग संघको अध्यक्षमा राजु नेपाल सर्वसम्मत चयन भएका छन् ।संघका अध्यक्ष अजीव भट्टराईको सभाध्यक्षता तथा केन्द्रीय सदस्य ईन्द्र नेपालको प्रमुख आतिथ्यतामा हेटौंडामा शनिबारसम्पन्न साधारणसभा तथा अधिवेशनले नेपालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।संघको उपाध्यक्षमा खिलप्रसाद पौडेल, सचिव पुर्षोत्तम ढकाल र कोषाध्यक्ष शंकर खड्की तथा कार्यसमिति सदस्यहरु भानुभक्त चौलागाई र विष्णुप्रसाद नेपाल चयन भएका छन् । कार्यक्रममा संघका पूर्वअध्यक्ष गोकर्ण सुवेदी, मकवानपुर च्याम्बर अफ कमर्शका अध्यक्ष माधव न्यौपानेको आतिथ्यता एवम् मकवानपुरका मुद्रण व्यवसायीहरुको उपस्थिति थियो ।







