प्रणामी व्यवसायी संघ मकवानपुरको अध्यक्षमा पुडासैनी
हेटौंडा– प्रणामी समुदायका युवाहरुको साझ संस्था प्रणामी व्यवसायी संघ मकवानपुरको अध्यक्षमा विनोद पुडासैनी सर्वसम्मत चयन भएका छन् ।संघको शनिवार हेटौंडामा भएको प्रथम जिल्ला अधिवेशनले पुडासैनीको अध्यक्षतामा १६ सदस्यीय कमिटी गठन गरेको हो । समितिको उपाध्यक्षमा प्रकाश वाग्ले, उपाध्यक्षमै रमेश मुडवरी, सचिवमा सागर उप्रेती, कोषाध्यक्षमा भरिपूर्ण नेपाल, सहसचिवमा राजेश वाग्ले चयन भएको संघका केन्द्रीय अध्यक्ष विष्णु वाग्लेले जानकारी दिए ।
यसैगरी सदस्यहरुमा लक्ष्मण गिरी, नवीन तिमल्सिना, अनिल सापकोटा, रमेश वाग्ले, सुमन लम्साल, पुरुषोतम फुयाँल, मिलन दंगाल, प्रकाश खनाल, श्याम नेपाल र अर्जुन ढकाल चयन भएका छन् । निर्वाचन समितिका संयोजक कृष्ण प्रसाद घिमिरेको संयोजकत्वमा बैठक बसेको थियो । केही महिनाअघि संघको मकवानपुर शाखाको तदर्थ समिति गठन गरिएको थियो । हेटौंडामा मुख्य कार्यालय रहेको संघको चितवन, बारा, पर्सा रौतहट, सर्लाही गरी करिब एक दर्जन जिल्लामा शाखा विस्तार भइसकेको केन्द्रीय अध्यक्ष वाग्लेले बताए ।







