बागमती प्रदेशका उत्कृष्ट पाँच किसान पुरस्कृत

साझाकुरा
२०७८ चैत्र १४, सोमबार १०:४४

हेटौंडा- बागमती प्रदेशका उत्कृष्ट ५ जना किसान पुरस्कृत भएका छन् ।आइतबार हेटौंडामा भएको कृषि विकास निर्देशनालय तथा पशुपन्छी विकास निर्देशनालयको चौमासिक प्रगति समीक्षा गोष्ठीमा प्रदेशका उत्कृष्ट ५ जना किसानहरुलाई नगदसहित पुरस्कृत गरिएको हो ।राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारअन्तर्गत् प्रथम हुने चेतना कृषि तथा पशुपन्छी फर्म धादिङका युद्धप्रसाद न्यौपानेलाई नगद ५० हजार रुपियाँसहित पुरस्कृत गरिएको छ । द्वितीय हुने दिदीबहिनी कृषि फर्म भक्तपुरकी गीता रिजाललाई नगद ४५ हजार, तृतीय हुने थाहा पौरखी कृषि प्रालिकी बरी बललाई नगद ४० हजारसहित पुरस्कृत गरिएको थियो ।

यस्तै, चौथो हुने कामना फलफूल बहुउद्देश्यीय नर्सरी फर्म रामेछापलाई नगद ३५ हजार र पाचौं हुने न्यू महाड्ढाल कृषि फर्म काभ्रेलाई नगद ३० हजारसहित पुरस्कृत गरिएको थियो ।प्रदेशका सबै जिल्लाका कृषि ज्ञान केन्द्र र विज्ञ केन्द्रमार्फत् प्रत्येक जिल्लाबाट ३ जनाको दरले ३७ जना कृषकहरुको प्रस्ताव कृषि विकास निर्देशनालयले सङ्कलन गरेको थियो । प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डाक्टर शरणकुमार पाण्डेको नेतृत्वको प्रादेशिक समितिले उत्कृष्ट ५ जना कृषकहरुलाई पुरस्कृत गर्न छनोट गरेको थियो । पुस्कार वितरणपछि बागमती प्रदेशको कृषि विकास निर्देशनालय र पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले यस आर्थिक वर्षमा हालसम्म गरेका कामहरुको प्रगति विवरणसमेत सार्वजनिक गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*