लागूऔषधसहित ७० वर्षीय एक बृद्ध पक्राउ
हेटौंडा- हेटौंडा उपमहानगरपालिकाबाट भारत घर भएका एक वृद्ध प्रतिबन्धित लागूऔषधसहित पक्राउ परेका छन् ।इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले हेटौंडा–१९ नेवारपानीबाट भारत छाप्रा सबलपुर बस्ने ७० वर्षीय गणेश रायलाई बुधबार बिहान पक्राउ गरेको हो । रायको साथबाट प्रहरीले करिब ५ किलो ५ सय ग्राम अबैध लागूऔषध गाँजा बरामद
गरेको हो ।







